समाज

कोहलपुरमा तीस किलो चरेससहित ३ जना पक्राउ

नेपालगञ्ज – बाँकेको कोहलपुरमा गएराति  ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ परेका छन्। प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढालाई ३० किलो चरेससहित
पक्राउ गरेको हो।

प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ थियो। पक्राउ परेका तीनै जनाविरुद्ध आवश्यक कारवाहीका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २५ पुस २०७५ ०४:३० बुधबार

चरेस पक्राउ अनुसन्धान_व्यूरो प्रहरी