समाज

श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु

बर्दिया - गुलरियामा श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु भएकाे छ। साेमबार गुलरिया नगरपालिका वडा नं ५ का ३५ वर्षीय मोहन बोहराले २७ बर्षीय श्रीमती शुष्मा कुँवरकाे कुटपिट गरि हत्या गरेकाे जिल्ला प्रहरी कार्यलयले जनाएको छ। आफ्नै घरभित्र मृत भेटिएकी कुँवरकाे हत्यामा संलग्न रहेकाे भन्दै प्रहरीले बाेहरालाई पक्राउ गरेकाे एसपी सुरेन्द्र मैनालीले बताए। प्रहरीले लिएको प्रारम्भिक बयानमा प्रहरी नियन्त्रणमा रहेका बोहरा नेपाली सेनाको बुटवलस्थित गणमा कार्यरत रहेको खुलेको छ। 

 

प्रकाशित: २४ पुस २०७५ १३:२४ मंगलबार

बर्दिया कुटपिट हत्या