समाज

करेन्ट लागेर एकको मृत्यु

सर्लाही - जिल्लास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–१२, कर्मैया निवासी एक युवकको मंगलबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ।

वडा नं. ११ स्थित बागमती सिँचाई आयोजनाको नहरबाट मोटर जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा ३१ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। मोटरमा लिक भएको करेन्टको झड्काले श्रेष्ठलाई नहरमा फालेको प्रत्यक्षदर्शीले बताएका छन्। करेन्ट लागेर अचेत भएका श्रेष्ठलाई उपचारका लागि तत्कालै हरिवन स्थित स्वाभिमान अस्पताल लगिएपनि उनकाे अस्पतालमै मृत्यु भएकाे थियाे।

यसैबीच, मोटरसाइकलको ठक्करबाट एक साइकल यात्री गम्भीर घाईते भएका छन्। ना. ५६ प १४०१ नम्बरको मोटरसाइकलले हरिवन नगरपालिका–६ घुर्कौलीस्थित भित्री सडकमा ठक्कर दिँदा सोही ठाउँका ५६ बर्षीय रामबहादुर महतो घाइते भएका हुन्।

 

प्रकाशित: २४ पुस २०७५ ११:११ मंगलबार

सर्लाही बागमती_नगरपालिका करेन्ट