समाज

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुर - भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिकामाथि करणी गरेकाे अभियाेगमा एक किशाेर पक्राउ परेका छन् ।

बालिका करणी गरेको आरोपमा १६ वर्षीय किशाेरलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।

बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए । आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए । दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ । (रासस)

प्रकाशित: २४ पुस २०७५ ०६:३४ मंगलबार

करणी बलात्कार प्रहरी पक्राउ उजुरी मुद्दा