समाज

एक किलो सुनसहित २ पक्राउ

सुर्खेत – भारतबाट चोरी गरेर ल्याएको एक किलोभन्दा बढी सुनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पुस ११ गते भारतको बेङ्लोरबाट चोरी गरेर ल्याएको सुनसहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमति शौभाग्य शाहीलाई पक्राउ गरेको हो।

कालिकोटको नरहरिनाथ गाउँपालिका–९ गडेगाउँ घर भएका शाही दम्पत्तिमध्ये शौभाग्य शाहीलाई प्रहरीले आइतबार वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो भने उनकै सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले मंगललाई उनकै घर कालिकोटबाट पक्राउ गरेको थियो। उनीहरुबाट एक किलोभन्दाबढी सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २४ पुस २०७५ ०६:०९ मंगलबार

सुन प्रहरी दम्पत्ति पक्राउ