समाज

रोल्पामा बस पल्टियाे, २ जनाको मृत्यु

दुर्घटनामा परेकाे बस। तस्बिर : दिनेश/नागरिक

रोल्पा - रोल्पाको लुङ्ग्री गाउँपालिका–३ जुतुङखोलामा साेमबार बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायात प्रालीको बा १ ख ५५२१ नम्वरको बस सडकबाट करिब ५० मिटर तल खसेको हाे।

दुर्घटनामा परी लुङ्ग्री गाउँपालिका- ३ जुतुङ निवासी ११ महिने बालक नितेश विक र  स्वर्गद्वारी नगरपालिका - ५ सारी का २४ बर्षीय चालक नवराज आलेको काे मृत्यु भएकाे हाे। बालकको घटनास्थलमै र आलेकाे उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय सुलिचौरले जानकारी दिएकाे छ। सुलिचौरबाट लुङ्ग्री गाउँपालिकाको जुतुङखोला जाँदै गरेको बस उकालो घुम्ति बाटोमा भार थाम्न नसकेपछि दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी अनिल जिसीले बताए। बसमा ३० जना यात्रु सवार रहेकोमा २१ जनाको अवस्था भने सामान्य रहेको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २३ पुस २०७५ १४:३७ सोमबार

रोल्पा लुङ्ग्री_गाउँपालिका बस_दुर्घटना