समाज

काठमाडाैंमा बसको ठक्करबाट १ को मृत्यु, ४ घाइते

काठमाडाैं - काठमाडाैंकाे समाखुसीमा बा.१ ज. ९७६६ नम्बरको माइक्रो बसले ठक्कर दिँदा १ पैदल यात्रुको मृत्यु भएकाे छ भने चार जना घाइते भएका छन्।

सोमवार मध्यान्ह जेब्रा क्रसिङमा वाटो काट्ने क्रममा बसले ठक्कर दिँदा धुम्बाराहीकी ५५ बर्षीय सीता दाहालको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, सरीता अधिकारी, सुशिल अधिकारी, सपना राई र लक्ष्मी सापकोटा घाइते भएका छन्। घाइतेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको र लक्ष्मी सापकोटाको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। प्रहरीले माइक्रो बसका चालक टंक राज कार्कीलाई नियन्त्रणमा लिएको छ। 

 

प्रकाशित: २३ पुस २०७५ ११:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App