समाज

पहेलो धातुसहित एक महिनामा १३ पक्राउ

काठमाडौं – सर्वसाधारणलाई ठगी गर्ने उदेश्यले काठमाडौ उपत्याभित्र पहेलो धातुको कारोवार बढेको छ। प्रहरीले एक महिनामा त्यसको कारोबार गरेको आशंकामा १३ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौको टोलीले केहीलाई उनीहरुलाई नक्कली सुनको कारोबार गर्ने त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थल काठमाडौंमा सुनजस्तै देखिने पहेँलो धातुसहित एक स्वीस नागरिक पक्राउ परेका छन्।

पछिल्लो पटक ओमन एयरको उडानबाट ओमनको मस्केट हुँदै नेपाल आएका स्विज नागरिक चेटसवा टेन्जिनलाई भन्सार चेकजाँचको क्रममा अवैध रुपमा ल्याएको करिब २ सय ८० ग्राम सुनजस्तो देखिने पहेलो धातुसहित प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै सुन जस्तो देखिने पहेलो धातुसहित एक जनालाई बुढानिलकण्ठबाट पक्राउ गरेको छ।

बूढानीलकण्डा नगरपालिका १२ खरिबोटबाट सुन जस्तो देखिने पहेलो धातु करिब १ किलो सहित सोलुखम्बुका ३५ वर्षीय तासी शेर्पालाई पक्राउ गरेको हो। प्रहरीले नक्कली सुनको कारोवार भैरहेको भन्ने सुचनाका आधारमा उनलाई सो धातुसहित पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।  महानगरीय प्रहरी परिसरको टोलीले यसअघि पनि थानकोटबाट तीन किलो नक्कली सुनसहित तीन जनालाई पक्राउ गरेको थियो।

प्रकाशित: २३ पुस २०७५ ०४:१२ सोमबार

ठगी पहेलो_धातु प्रहरी पक्राउ