समाज

मध्यराति बौद्धमा प्रहरीको छापा, २१ जना पक्राउ

काठमाडाैँ - महानगरीय प्रहरी परिसर काठमाडौँद्वारा खटिएको प्रहरीको विषेश टोलीले मध्यराति बौद्धमा  छापा मारेको छ।  विशेष सूचनाको आधारमा बौद्ध फुलवारीस्थित लोप्साङ लामाको घरमा प्रहरी टोलीले छापा मारेको हो।  घरमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा प्रहरीले २१ जनालाई पक्राउ समेत गरेको छ।  

परिसरका डीएसपी होमिन्द्र बोगटीले छापा मार्ने क्रममा २१ जनालाई पक्राउ गरिएको पुष्टि गरे। डिएसपी बोगटीले भने,' केहि समयदेखि जुवा खेलाइरहेको भन्ने सुचनाको आधारमा मध्यराति छापा मारिएको हो।’

उनले ७ लाख १९ हजार ८ सय २० रुपैयाँसमेत बरामद गरिएको बताए। उनले भने,‘पक्राउ परेका सबै जनालाई आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रशासन कार्यालय काठमाडौँ लगिने छ।’

प्रकाशित: २२ पुस २०७५ ०६:०७ आइतबार

छापा प्रहरी पक्राउ जुवा