समाज

बालविवाह गर्ने भारतीयलाई कैद

सप्तरी - बालविवाह गरेको आरोपमा भारत बिहार राज्य मधुबनी जिल्ला न्यौरग्राम पञ्चायतका २३ वर्षीय नसरुल भनिने निसरुल मियाँलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरिएको छ।

शम्भुनाथ नगरपालिका–१२ की १६ वर्षीया गुलसन खातुनसँग बालविवाह गर्ने गरेको आरोपमा सप्तरी जिल्ला अदालतले उनलाई एक वर्ष कैद र पाँच हजार जरिवाना गरेकाे श्रेस्तेदार दिलकुमार बर्देवाले जानकारी दिए।

भारतीय प्रहरीको सहयोगमा २०७५ वैशाख ३० गते पक्राउ परेका मियाँ जिल्ला अदालतको आदेशमा गत जेठ २३ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा रहेका थिए। आरोपीले छिमेकी मुलुक भारतमा पु-याएर २०७४ चैत २८ गते बालविवाह गरेको भन्दै एक बालिकाका बिजली मियाँले जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। (रासस)
 

प्रकाशित: २० पुस २०७५ ०५:३५ शुक्रबार

बालविवाह भारतीय_पक्राउ कैद