समाज

सिलौटाले प्रहार गरी बृद्दको हत्या आरोपितलाई जन्मकैद

सप्तरी– सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ। महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

सुतिरहेका सोही ठाउँका ६५ वर्षीय खटर सदालाई कथित बोक्सो भन्दै ०७३ मङ्सिर २ गते राति सिलौटाले प्रहार गरी हत्या गरेको आरोपमा भोलालाई त्यसको भोलि पल्टै प्रहरीले पक्राउ गरेको थियो।

मृतककी पत्नी ५५ वर्षीया खिखरीदेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कारवाहीका लागि उजुरी दिएकी थिइन् । जिल्ला न्यायाधीश राजेशकुमार काफ्लेको एकल इजलासले आरोपित सदालाई विसं २०७३ मङसिर २२ गते पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो ।रासस

प्रकाशित: १९ पुस २०७५ १३:४१ बिहीबार

बोक्सो हत्या जन्मकैद