समाज

ड्रोन क्यामेरा उडाउने एक पक्राउ

भक्तपुर - प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका ७ घ्याम्फेडाँडामा ड्रोन क्यामेरा उडाइरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर भक्तपुरले सिराहा जिल्लाको धनगढी नगरपालिका २ घर भई हाल काठमाडौ कोटेश्वर बस्ने २४ वर्षीय सन्देश लुईटेललाई ड्रोन क्यामरासहित पक्राउ गरेको हाे।

उनलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकाे परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। घटनाबारे थप अनुसन्धानका लागि निजलाई नागरिक उड्ययन प्राधिकरण पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ पुस २०७५ ११:५७ बुधबार

सूर्यविनायक_नगरपालिका ड्रोन_क्यामेरा