समाज

मदन भण्डारी फाउन्डेसनद्धारा अग्नी पीडितलाई राहत

कालिकोट- मदन भण्डारी फाउन्डेसन काठमाडौंले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। पुसको कठाङ्गग्रीदो चिसोमा खाँडावसीका ८७ घर जलेर नष्ट भएपछि फाउण्डेसनले राहत संकलन गरेर हस्तान्त्रण गरेको हो।

आगलागीबाट पीडित ८७ घर परिवारलाई मदन भण्डारी फाउण्डेसन केन्द्रीय कार्यालयले पलाँतामै पुगेर राहत हस्तान्त्रण गरेको छ। संकलन गरेको राहत पलाँला गाँउपालिकाको कार्यालय कालिकोटलाई हस्तान्त्रण गरेको छ। मदन भण्डारी फाउन्डेसनका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रविन्द्र शर्माले गाउँपालिकालाई राहत हस्तान्त्रण गरेका हुन्। नेकपा एमाले कालिकोटका पूर्व अध्यक्ष तथा नेकपाका नेता नगिन्द्र शाही (नेशनल) नागरिक समाज, जनप्रनिधिको रोहबरमा गाउँपालिका मार्फत राहत हस्तान्त्रण गरिएको हो।

पलाँता गाँउपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम र १ नम्वर वडाका अध्यक्ष मानबहादुर भण्डारीलाई राहत हस्तान्त्रण गरिएको छ। मदन भण्डारी फाउन्डेसनले राहत स्वरुप मनसुली चामल ५० क्वीन्टल, चिउरा २५ बोरा, औषधी ८ काटुन, सिरक १ सय थान, पाल तिस थान, टेन्ट २० थान, कम्मल ४० थान, पानी बोक्ने झोला ८४ थान, चाउचाउ एक सय कार्टुक, खाने तेल दुई सय लिटर र औषधी १० कार्टुन हस्तान्त्रण गरिएको छ।

प्रकाशित: १८ पुस २०७५ ०५:१९ बुधबार

कालिकोट राहत आगलगी मदन_भण्डारी_फाउन्डेसन