समाज

दुर्घटनामा चालकको मृत्यु

बैतडी- पुर्चौडी नगरपालिका–६, भुमिराजको धन्नदामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार हाटबाट फर्कने क्रममा तुसारोमा चिप्लेर से१च १५७२ नम्बरको बोलेरो जिप २० मिटर तल खस्दा चालक डोटी जोरायल गाउँपालिका–२, बुडरका २९ वर्षीय कमल सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित: १८ पुस २०७५ ०४:५४ बुधबार

दुर्घटना मृत्यु