समाज

काठमाडौँको तापक्रम शून्यमा झर्‍याे

काठमाडौं - काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ। तापक्रम घटेसँगै साेमबार यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ। साेमबार काठमाडौंको न्यूनतम तापक्रम ० दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ। आइतबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव ० डिग्री सेल्सियस थियो। अब केही दिन काठमाडौंको न्यूनतम तापक्रम ० देखि ३ को हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौंको तापक्रम केही दिनमै माइनसमा झर्न सक्ने महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणानुसार डडेल्धुरा, धनकुटा, नेपालगञ्ज, सिमरा र पोखराको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ। त्यस्तै जिरी, जोमसोम र जुम्लाको तापक्रम माइनसमा झरेको छ। विभागका अनुसार धरानको न्यूनतम तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियस अधिकतम २४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।रासस

प्रकाशित: १६ पुस २०७५ १५:१२ सोमबार

काठमाडौं माैसम चिसो मौसम_पूर्वानुमान_महाशाखा