समाज

रसुवागढी नाका जोड्ने सडक मंगलबार खुल्ने

रसुवा - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक पहिरोको कारण सोमबार दिनभर अवरुद्ध भएको छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ खोपाङ भीरमा सुख्खा पहिरो गएपछि सोमबार बिहानैदेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

आइतबार राति पहिरो गएको कारण सडक अवरुद्ध बनेको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए। सोमबार दिनभर सडक सुचारु गर्नका लागि काम भएपनि सडक सुचारु गर्न नसकिएको उनले जानकारी दिए। मंगलबार दिउँसोसम्ममा सडक सुचारु हुने बताइएको छ। सडक बन्द भएपछि गत्लाङ, चिलिमे, स्याफ्रु र टिमुरेबाट काठमाडौँका लागि छुटेका बस र केरुङबाट सामग्री बोकेर आएका कन्टेनर बीच बाटोमा नै रोकिएका छन्।

 

प्रकाशित: १६ पुस २०७५ १२:२७ सोमबार

पहिरो रसुवागढी