समाज

लागुऔषध सहित भारतीय पक्राउ

भक्तपुर - प्रहरीले भक्तपुरको सूर्यविनायकबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा रहेको कोठाभित्र लागुऔषध कारोबार गरिरहेको विशेष सूचनाका आधारमा उनीहरुलाइ प्रहरीले पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भई हाल भक्तपुरको सूर्यविनायक नरपालिका ५ बस्ने ४९ वर्षीय लक्ष्मी शाही र भारत बिहार पुर्वी चम्पारण ग्राम खटुवा धनहर घर भई हाल सूर्यविनायक नगरपालिका ५ बस्ने २५ वर्षीय अमित कुमार रहेका महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनीहरुको साथमा नुफिन ३०० पिस, फेनेरगन ३०० पिस, डाईजेल्याब ३०० पिस गरी जम्मा ९०० एम्पुल लागुऔषध र नगद रु. ४८ हजार बरामबद गरिएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जनाए। उनीहरुलाई महनगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे।

 

प्रकाशित: १६ पुस २०७५ ११:१६ सोमबार

लागुऔषध सूर्यविनायक_नगरपालिका