समाज

प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाइ स्थगित

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाको सनुवाइ स्थगित भएको छ। आइतवार दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय सुनुवाइ विशेष समितिमा राणाको सुनवाइ भइरहेको थियाे। सांसदहरुले प्रश्न गरिरहँदा ४ बज्यो। संसद सचिवालयका कर्मचारी कार्यालय समय सकिएको भन्दै उठेर हिडे। २ जना सांसद बोल्न बाँकी थियो।

कर्मचारी हिडेपछि सभापति लक्ष्मणलाल कर्णले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित गरे। मंगलवार बस्ने बैठकमा राणालाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुनेछ। 

प्रकाशित: १५ पुस २०७५ १२:०१ आइतबार

चोलेन्द्र_सम्शेर_राणा प्रधानन्यायाधीश