समाज

चर्काे आलोचनापछि मेयर रिहाकाे बिदा हटाइयाे

रौतहट  - मेयर रिहा भएकाे खुशियालीमा नगरपालिकाले दिएकाे बिदाकाे चर्काे आलोचनापछि हटाइएकाे छ। सर्वस्व सहित जन्म कैदको फैसला सुनाइएका कटहरीया नगरपालिकाका मेयर सियाराम कुशवाहलाइ सर्वोच्च अदालतले सफाइ दिएपछि नगरपालिकाले एक दिन बिदा दिने निर्णय गरेकाे थियाे। तर त्यसकाे चाैतर्फि आलोचना भएपछि मेयर कुशवाहकाे निर्देशनमा बिदा रद्द गरिएकाे हाे।

सार्वजनिक बिदाको कुनै औचित्य नरहेको भन्दै मेयर कुशवाहाले आइतवार बिहानै एक प्रेस बिज्ञप्ती निकालेर विदा रद्द गर्दै नगरपालिकाका कार्यकारी प्रमुख उदय देवकोटालाई नियमित कार्य सञ्चालनको लागि निर्देशन दिएका थिए।नगरपालिकाले कुशवाहले अदालतबाट सफाइ पाएको खुशीमा कटहरिया नगरको मातहत भित्र रहेका सबै वडा कार्यालयहरु, शैक्षिक संस्था, उद्योग कलकारखाना लगायत सबै कार्यालयहरु बन्द गर्न शनिवार बिज्ञप्ती जारी गरेकाे थियाे। कुशवाहले बिदाको विषयमा आफुलाई कुनै जानकारी नरहेको तर विभिन्न सञ्चार माध्यममा यसबारे समाचार प्रकाशन/प्रशारण भएपछि थाहा पाएकाे बताए।

“नगरपालिकाका याेजनाहरु महिनौ देखि रोकिएको थियो", मेयर कुशवाहाले भने, “कारागारबाट मुक्त भएको भोली पल्ट नै काठमाडौं मै भेटिएका जिल्लाका केही शुभचिन्तकहरुले हेलिकप्टर नै चार्टर गरेर गृह जिल्ला पुर्‍याए।”  आफ्नाे सल्लाह सुझाव विना नै सार्वननिक विदा घोषणा गरीएको विषयमा आवश्यक छानबीन गरी दोषीलाई कारबाही गर्ने मेयर कुशवाहले बताए। कार्यकारी देवकोटाले विभिन्न सञ्चार माध्ययममा बिदाबारे समाचार प्रकाशनमा आएपछि गल्ति गरेको महशुस  भएकाे बताए।

मेयर कुशवाहा बिरगंज का कासी तिवारी हत्या कान्डमा गत बैशाख महिनामा काठमाडौंबाट पक्राउ परेका थिए। उच्च अदालत बिरगंजले उनलाइ सर्वस्व सहित जन्म कैदको फैसला सुनाएपछि उनलाइ सिआइबीको टोलिले बैशाख २६ गते काठमाडौंस्थित नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय सारदा घिमिरे र डम्बर शाहिको इजलासले मेयर कुशवाहालाइ सफाइ दिएको हो।

 

कटहरीया_नगरपालिका मेयर सियाराम_कुशवाह