समाज

नेपालमै पहिलोपटक मोटरसाइकल च्याम्पियनशीप (फोटो फिचर)

काठमाडौं– नेपालमा पहिलो पटक मोटरसाइकल च्याम्पियनशीप ‘होण्डा नेपाल ड्रिम कप’को आयोजना गरिएको छ। होण्डाको आधिकारिक विक्रेता स्याकार कम्पनीले ग्वार्काेको स्याकार सेफ्टी राइडिङ तालिम केन्द्रमा आयोजना गरेको हो। 

सडक दुर्घटना न्युनिकरण तथा चालकलाई सुरक्षित र नियन्त्रित रुपमा मोटरसाइकल हाक्न उत्प्रेरित गर्ने उद्देश्यले यो च्याम्पियनशीप आयोजना गरिएको आयोजकले जनाएको छ। 

सहभागीहरुले दुई विधामा आफ्नो कला कौशल प्रस्तुत गरेका थिए। १५० सिसी समूहअन्तर्गत राजकुमार कार्की प्रथम भए भने २५० सिसी तर्फ आसुक लामा प्रथम भए। दुबै विजेता भारतमा हुने होण्डा ड्रिम कपमा सहभागी हुन पाउनेछन्। 

मोटरसाइकल_च्याम्पियनशीप