समाज

इटालियन पेस्तोलसहित ४ जना पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीको विशेष टोलीले भक्तपुरबाट एक थान पेस्तोलसहित चार जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो भक्तपुरको सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कालिकोट तिलागुफाका मोतीलाल शाही, दलजीत शाही, कालिकोट माहगुफाका जगेश शाही तथा मुगुका भीम प्रसाद दाहाल रहेका छन्। उनीहरुलाईको साथबाट मेडइन इटालदी लेखेको लोडेड पेस्तोल एक थान म्यागजीन एक थान र गोली ५ राउण्ड बरामद भएको छ।

उनीहरुको साथबाट मोवाइल २ थान र १२ हजार २ सय ५ नगदपनि बरामद भएको सशस्त्र स्रोतले जनाएको छ। उनीहरुले यसअघि फेक डलर तथा नक्कली सुन देखाएर लुटपाट गर्ने गरेको पनि सशस्त्रले जनाएको छ।

प्रकाशित: १४ पुस २०७५ ११:३८ शनिबार

सशस्त्र_प्रहरी पेस्तोल पक्राउ