समाज

व्याकुल माइलालाई पित्रृशोक

ओखलढुंगा – राष्ट्रिय गान रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई पितृशोक परेको छ। ‘व्याकुल माइला’ का बुबा समाजसेवी तथा पूर्वशिक्षक मानबहादुर राईको ७१ वर्षको उमेरमा ओखलढुंंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, हिलेपानीस्थित निवासमा बिहीबार राति निधन भएको हो।

उनी केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेह रोगबाट पीडित थिए। पारिवारिक स्रोतका अनुसार अस्पतालको नियमित सम्कर्पमा घरैमै राखेर उनको उपचार भइरहेको थियो। उनको स्वास्थ्यमा केही दिनयता अलि समस्या देखिएको थियो।

बिहीबार राति शौचालयबाट फर्केर सुतेलगत्तै उनको निधन भएको राष्ट्रिय गान रचनाकार माइलाले बताए। २००४ साल असोजमा जन्मिएका मानबहादुर शिक्षण सेवाबाट अवकाश भएपछि सामाजिक सेवामा संलग्न थिए। उनी साबिक थाक्ले गाविसका अध्यक्ष तथा ओखलढुंगा जिल्ला विकास समितिको सदस्यसमेत भएका थिए। उनको किराँत राई परम्पराअनुसार ओखलढुंगामा अन्तिम संस्कार गरिएको छ। उनका दुई श्रीमती र तीन छोरा छन्।

प्रकाशित: १४ पुस २०७५ ०२:३६ शनिबार

व्याकुल_माइला पित्रृशोक