समाज

उद्धारका लागि खटिएका प्रहरी नै गम्भीर घाइते

धादिङ - काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको कार दुर्घटनामा परेपछि चालकको उद्धारका लागि खटिएका प्रहरी घाइते भएका छन्।

बा १४ च ९८०० नं को ट्याक्सी बेनीघाट रोराङ गाउँपालिका–५ भैँसेबाट ६० मिटर तल खसेर दुर्घटना भएपछि उद्धार गर्न खटिएका ट्राफिक प्रहरी पोष्ट बेनीघाटमा कार्यरत प्रहरी हबलदार सुरेशबहादुर चन्द गम्भीर घाइते भएका हुन्।

घटनास्थल जाँन लाग्दा घाइते भएका चन्दको टाउकोमा पाँच टाँका लगाइएको धदिङ्ग प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकले बताए। दुर्घटनामा कार चालक बारा जिल्ला निजगढ निवासी ३० वर्षीय अमृत भण्डारी घाइते भएकाले गजुरी अस्पतालमा उपचार भइरहेको छ। (रासस)

प्रकाशित: १० पुस २०७५ ०६:११ मंगलबार

दुर्घटना प्रहरी घाइते उद्धार