समाज

आत्महत्या गर्न लागेका युवाको उद्धार

काठमाडाैं- आत्महत्या गर्न लागेका एक युवकलाई प्रहरीले उद्धार गरेकाे छ। 

आइतवार खोटाङ दिक्तेल रुपाकोट मझुवाकोट १३ नुनथला बस्ने मानसिक अवस्था ठिक नभएका १८ बर्षीया एक युवा घर नजिकै रहेको जंगलको रुखमा पासो लगाई झुण्डिई आत्महत्या गर्न लागेको अवस्थामा तत्काल प्रहरी टोली खटिई गई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

उद्धार गर्ने क्रममा प्रहरी सहायक निरीक्षक धन बहादुर सुनुवारमाथि निजले आक्रमण गर्दा सामान्य घाइते भएको र उद्धार गरिएका युवालाई उपचारको लागि लैजाने गरी अभिभावकको जिम्मा लगाई पठाइएको छ।

प्रकाशित: ८ पुस २०७५ १६:०४ आइतबार

आत्महत्या उद्धार