समाज

शताब्दी पुरानाे त्रिचन्द्र कलेजमा आगलागी

सांकेतिक तस्बिर

काठमाडौं– राजधानीको दरबारमार्गस्थित त्रिचन्द्र कलेजमा आगो लागेको छ। नेपालकै पुरानाे त्रिचन्द्रमा आइतवार साँझ साढे ६ बजे आगो ताप्न बालेको दाउराबाट आगलागी भएको प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर मल्लले जानकारी दिए।

दाउराको आगोले जेनेरेटरमा सर्ट सर्किट भएपछि आगोले ठूलो रुप लिएको थियो। प्रशासन कक्ष (रानीपोखरी तर्फ) आगो लागेको र अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको डिएसपी मल्लले बताए।

क्षतिको विवरण आउन बाँकी छ। आगो नियन्त्रणमा दुई वटा दमकल, प्रहरी, सशस्त्र र स्थानीयवासी खटिएका थिए। 

वि.स. १९७५ मा स्थापना भएकाे त्रिचन्द्र कलेजले भर्खरै १०१ वर्षमा प्रवेश गरेकाे अवसरमा विभिन्न कार्यक्रम समेत गरेकाे थियाे।  

प्रकाशित: ८ पुस २०७५ १४:०७ आइतबार

त्रिचन्द्र_कलेज आगलागी