रोल्पा - रोल्पामा शनिबार दिउँसो ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लुङग्री गाउँपालिका ४ सर्पामा ट्रिपर पल्टदा ३५ बर्षीय चालक बेद बहादुर बस्नेतको मृत्यु भएको हो।
रा १ ख १६७९ न. को ट्रिपर चालक बस्नेतको घटना स्थलमै मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख सुरेन्द्र धमलाले बताए। धुलेओढार देखि नम्जा सडक खण्डमा निर्माण कार्यमा प्रयोग गरिएकाे ट्रिपर पल्टदा चालक उछिट्टिएर खोलामा खसेको प्रहरीले अनुमान गरेको छ। प्रहरीका अनुसार दाङ तुलसीपुर घर भएका बस्नेतका आफन्त रोल्पा आए पछि आईतवार शवको पाेष्टमार्टम गरिने छ। अहिले बस्नेतको शव प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा राखिएको छ।
प्रकाशित: ७ पुस २०७५ १४:५३ शनिबार