समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रारा- मुगु जिल्ला सोरु गाउँपालिका तारापानी बजारबाट सदरमुकाम गमगढीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

शनिवार बिहान ९ बजे छायाँनाथ रारा नगरपालिका–३ बाम्धारा भन्ने ठाउँमा भे ८ प ७०७८ नम्बरको मोटरसाइकल सडकभन्दा करीब ७०० मिटर तल खस्दा चालक छायाँनाथ रारा नगरपालिका–७ टोप्ला घर भएका अन्दाजी ३२ वर्षीय नवराज शाहीको मृत्यु भएको अस्थायी ट्राफिक कार्यालय गमगढीका प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले जानकारी दिए। 

घटनास्थल जिल्ला सदरमुकामबाट ४० मिनेट सडक यातायात दूरीमा रहेको छ। मोटरसाइकल धेरै माथिबाट खसेकाले घटनास्थलमै चालकको मृत्यु भएको प्रहरीले बताएको छ। 

प्रकाशित: ७ पुस २०७५ ०८:०९ शनिबार

दुर्घटना मोटरसाइकल मुगु