समाज

सशस्त्र प्रहरीलाई ७० लाखको पानी शुद्धिकरण उपकरण

काठमाडाैं- डेनमार्कस्थित गैरसरकारी संस्था डिसिएले लगभग ७० लाख लागतको 'पानी शुद्धिकरण उपकरण’ (वाटर ट्रिटमेन्ट युनिट)’ शसस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ।

२०७२ को भूकम्पबाट प्रभावितहरुको सहयोगका लागी यो उपकरण डिसिएले नर्वेजियन सरकारको सहयोगमा नेपाल ल्याएको थियो। प्राय जसो विपद हुँदा विपदले मान्छेलाई मार्छ त्यो भन्दा बढी यसपछी आउने झाडा पखाला, हैजा जस्ता विपदले झन प्रभाव पार्ने हुँदा यस्ता उपकरण सहयोगी हुने डिसिए नेपालका इन्जिनियर पवित्र गुरुङ्गले बताए। “यसले धमिलो तथा किटाणु युक्त पानीलाई शुद्धिकरण गरेर पिउन योग्य बनाउँछ।” डिसिए नेपालमा कार्यरत इन्जिनियरले शसस्त्रका प्राविधिकलाई यसको प्रयोग बारे तालिम समेत दिएका थिए। आवश्यक परेको खण्डमा डिसीए सदैव प्राविधिक सहयोग गर्न तत्पर रहेको गुरुङले बताए।

शसस्त्रका वरिष्ठ प्रहरी उपरीक्षक दुर्गा भट्टराईले यसले विपदको बेला ठुलो सहयोग पुग्ने बताए। हाललाई यसलाई शसस्त्र प्रहरीको अस्पतालमा राखेर परीक्षण गर्ने र पछि विपद परेको बेला आवश्यक ठाऊँमा सहयोगका लागी लाने योजना रहेको बताए।

नेपालमा वर्षेनी आउने बाढी पहिरोका कारण खानेपानी प्रदूषित हुने हुँदा यसको प्रयोगले प्रभावित जनतालाई राहत पुग्ने विश्वास गरिएको छ। यो उपकरणले एक घण्टामा ४ हजार लिटर पानी शुद्धिकरण गर्न सक्छ।

प्रकाशित: ६ पुस २०७५ ११:४५ शुक्रबार

सशस्त्र_प्रहरी पानी_शुद्धिकरण_उपकरण