समाज

जाडोले दुई जनाको मृत्यु

गौशाला - जाडोले महोत्तरीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटिहानी नगरपालिका–७ का ६२ वर्षीय सुकदेव ठाकुर र जलेश्वर नगरपालिका–५ का ५५ वर्षीया दुखनी कापर रहेका छन्।

जाडोले बेहोस भएका ठाकुरको विहिबार उपचारका क्रममा मृत्यु भएको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए। कापरको बुधबार घरमै कठ्याङ्ग्रिएर मृत्यु भएको जलेश्वर–५ का वडाध्यक्ष राकेश राउतले बताए। जिल्लामा केही दिनदेखि बाक्लो हुस्सु लाग्ने, शितलहर चल्ने र चिसो हावाका कारण चिसो बढेको छ। रासस

प्रकाशित: ५ पुस २०७५ १५:३८ बिहीबार

महोत्तरी मृत्यु जाडो