समाज

नेपाल एयरलाइन्सको प्रवक्तामा क्याप्टेन लामा

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को प्रवक्तामा क्याप्टेन विजय लामा नियुक्त भएका छन्।

अभिनेता समेत रहेका लामालाई बुधवार निगमका अध्यक्ष मदन खरेलले प्रवक्ता पदमा नियुक्त गरेको निगमका सह प्रवक्ता नवराज कोइरालाले नागरिक न्युजलाई जानकारी दिए।

क्याटेन लामा नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट हुन। उनले बुधवारबाटै काम सुरु गरेका छन्। 

प्रकाशित: ४ पुस २०७५ १५:०६ बुधबार

नेपाल_एयरलाइन्स विजय_लामा प्रवक्ता