समाज

मैलुङ प्रहरी चौकीमा आक्रमण, स्थिती तनावग्रस्त

रसुवा - नुवाकोटको किस्पाङ गाउँपालिका–५ मैलुङ प्रहरी चौकीमा स्थानीयबासीले आक्रमण गरेका छन्। स्थानीयको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्।

प्रहरी चौकी र एउटा गाडीमा क्षती पुगेको छ। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले पाँच राउन्ड हवाइ फायर गरेको छ। माथिल्लो त्रिशुली १ ए को सामग्री चोरी गरेको अभियोगमा गएराति चार जना पक्राउ परेका थिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यलयमा लैजाने क्रममा रसुवाको उत्तरगया गाउँपालिका–२ का मैते तामाङ भाग्ने क्रममा त्रिशूली नदीमा पसेर बेपत्ता भएका छन्। तामाङलाई प्रहरीले नदीमा बगाइदिएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्।

घटनास्थलमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईको टोली पुगेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धव थापाले बताए। घटना बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए। 

 

प्रकाशित: ४ पुस २०७५ ११:४१ बुधबार

नुवाकोट