समाज

चोरीका फरार प्रतिवादी पेस्तोलसहित पक्राउ

लहान- चोरी मुद्दाका फरार प्रतिवादीलाई लहान प्रहरीले मंगलबार राति कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्ने लहान सखुवानन्कारकट्टी गाउँपालिका १ लतियाहीका रविन्द्र कुमार मण्डल (२६) छन्।

कटुवा भिरेर लतियाही बजारमा घुमिरहेका मण्डललाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। मण्डलमाथि यसअघि ल्यपटप लगायतका सामान चोरीको मुद्दा दर्ता छ थापाले भने‘हातहतियार तथा खरखजाना मुद्दा थपेर कारबाही अघि बढाउँछौं।’ पक्राउ परेका मण्डललाई लहान प्रहरी कार्यालयको हिरासतमा राखेर कारबाही अघि बढाइएको छ।

प्रकाशित: ४ पुस २०७५ ०६:०३ बुधबार

चोरी पक्राउ पेस्तोल