समाज

सेल्फी खिच्ने क्रममा फेवातालमा खसेका युवाको शव फेला

पोखरा – पोखराको फेवातालमा प्याडल बोर्डबाट खसेर बेपत्ता एक युवाको शव शनिबार बिहान फेला परेको छ। मंसिर २४ गते सोमबार दिउँसो सेल्फी खिच्ने क्रममा फेवातालमा डुबेर बेपत्ता भएका काठमाडौं ताहाचलका १९ वर्षीय रोजन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार शनिबार बिहान तालमा तैरिएको अवस्थामा उनको शव भेटिएको हो। शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ। पोखरा घुम्न आएका श्रेष्ठ तालमा बेपत्ता भएपछि तीनवटै सुरक्षा निकायका टोली खोजीमा खटिएका थिए।   (रासस)

प्रकाशित: २९ मंसिर २०७५ ०५:५३ शनिबार

फेवाताल प्याडल_बोर्ड सेल्फी युवा शव