समाज

सम्पदा पुनःनिर्माण अझै अनिश्चित

काठमाडौं–भूकम्प गएको साढे तीन वर्ष वितिसकेको छ। सरकारले २०७२ बैसाखको भूकम्पले क्षति पुगेका सार्वजनिक सम्पदा तथा निजी आवाश पुर्ननिर्माणका लागि दातासम्मेलनेदेखि पूनर्निमाण प्राधिकरणसम्म गठन ग¥यो। तर राजधानी काठमाडौ कै केन्द्रमा रहेको महांकाल मन्दिरदेखि बसन्तपूरको कुमारी घर पुनर्निमाणको प्रतीक्षामा छन्।
 
साढे तीन वर्ष वितिसक्दा समेत खिचापोखरीको रणमुक्तेश्वर, टुँडिखेलको महाङ्काल मन्दिर, भक्तपुरको जङ्गम मठ, थापाथली कालमोचनघाटको जँग–हिरण्य–हेम–नारायण मन्दिरसँगैको सत्तल र वसन्तपुरको कुमारी घर पुनःनिर्माण कहिले हुने भन्ने अभैm अनिश्चित छ। पाँचवटै सम्पदास्थलको प्रारम्भिक अध्ययनका लागि पुरातत्व विभागको स्वीकृतिमा गुठी संस्थानलाई जिम्मेवारी दिइएको थियो । संस्थानले  १२ लाख खर्च गरेर परामर्शदाता नियुक्त गरी नक्सासमेत बनाइसकेको उपप्रशासक दीपकबहादुर पाण्डे बताउँछन्। तर पुनःनिर्माणका लागि स्वीकृति नआउँदा ती सम्पदा अलपत्र बनेको उनी बताउँछन्।

रणमुक्तेश्वर पुनःनिर्माणका लागि  १४ करोड ६२ लाख २४ हजार, महाङ्काल मन्दिरका लागि २८ लाख ३० हजार, जङ्गम मठका लागि  १३ करोड ९२ लाख, जँग–हिरण्य–हेम–नारायण सत्तलका लागि  १३ करोड र कुमारी घरका लागि ७ करोड ६८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। 

संस्थानले बनाएको नक्सा विभागले पास गरेपनि पुनःनिर्माण र नियमित दुबै बजेटमा समावेश भएको उपप्रशासक पाण्डेले बताए । बनाउने निश्चित नभएपछि सबै सम्पदा स्थलमा टेको लगाएर अड्याइएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर भने कुमारी घर पुनःनिर्माण गर्न संस्थानलाई स्वीकृति दिइएको बताउँछन्।
भक्तपुरको जङ्गम मठ भारत सरकारको अनुदानमा बन्ने सम्पदाको सूचीमा रहेको जानकारी पनि उनले बताए। महाङ्काल (शनिदेव) मन्दिर र सङ्कटा मन्दिर गुठियारले नै बनाउन प्रस्ताव गरेका छन् । महाङ्काल मन्दिर अघि मूल सडकबाट तीन वटा भ¥याङ राख्ने स्थानीयवासीको मागलाई स्वीकृति दिन नसकिने विभागले जनाएको छ। 

रणमुक्तेश्वर र जँग–हिरण्य–हेम–नारायण सत्तल आगामी आर्थिक वर्षमा पुनःनिर्माण गर्ने गरी कार्यक्रम बनाउन लागिएको विभागले जनाएको छ। रासस

प्रकाशित: २८ मंसिर २०७५ १०:३५ शुक्रबार

पुनर्निमाण सम्पदा महाङ्काल_मन्दिर कुमारी_घर