समाज

लागुऔषध कारोवारी पक्राउ

रौतहट– सीमावर्ती भारतीय बजार क्षेत्रबाट आवत जावत गर्ने शंकाष्पद युवाहरुलाई नियमित चेकजाँचको क्रममा सोमवार साँझ तीन जना कारोवारीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। 

भारतको बैरगनिया बजारबाट जिल्लाको मुख्य नाका गौर भन्सार भएर ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध लिएर जाँदै गरेको अवस्थामा प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका ४ का २५ बर्षिय मानबहादुर वाइवा, मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १२ का २२ बर्षिय युवराज लोपचन र सोही स्थानका २८ बर्षीय जितबहादुर विकलाई नियन्त्रणमा लिएर अवश्यक कारवाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सीमावर्ती बजारबाट युवाहरुले नाइट्रोभेट १५ थान, डाईजेल्याव इन्जेक्सन १८ थान, फेनारगन इन्जेक्सन २६ थान, डाइजीपाम इन्जेक्सन १० थान, नुर्फिन इन्जेक्सन २६ थान प्रतिबन्धित लागुऔषध लिएर नेपालतर्फ आउँदै गरेको सूचना प्राप्त भएपछि पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको रौतहट प्रहरी प्रमुख एसपी केदार ढकालले बताए। 

प्रकाशित: २५ मंसिर २०७५ १३:५० मंगलबार

लागुऔषध कारोवारी पक्राउ