समाज

मृत अवस्थामा बालक फेला

कञ्चनपुर–कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीय खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो।

बालक बमको शव घर भन्दा १२० मिटर टाढा छिमेकी जयबहादुर महताको गोठमा फेला परेको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतबहादुर धामीले जानकारी दिए।‘विवेकको कानबाट रगत बगेको, आँैलामा चोट लागेको र पिँठ्युमा निलडाम भएको शव फेला परेको छ,’ उनले भने,‘शव शङ्कास्पद अवस्थामा फेला परेकाले अनुसन्धानको कार्य भइरहेको छ।’ बालकको आफैं मृत्यु भएको वा कसैले हत्या गरेको बारे अनुसन्धान भइरहेको उनले बताए। रासस

प्रकाशित: २४ मंसिर २०७५ ०६:४३ सोमबार

बालक_मृत हत्या प्रहरी