समाज

टिचिङ अस्पतालभित्र आत्महत्या

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्। 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले अस्पतालभित्रको गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा आइतबार राति ८ बजे बोहराको शव फेला पारेको जानकारी दिए। बोहरा लामो समयदेखि सोही अस्पतालको अक्सिजन प्लान्ट शाखामा कार्यरत भई विसं २०६०मा अवकाश लिएका व्यक्ति हुन्।

रक्तचापबाट बिरामी बोहराले के कारणले आत्महत्या गरे भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको वृत्तले जनाएको छ।

 

प्रकाशित: २४ मंसिर २०७५ ०६:१५ सोमबार

शिक्षण_अस्पताल_महाराजगञ्ज आत्महत्या प्रहरी