समाज

दुई किलो सुनसहित एक जना पक्राउ

रसुवा – रसुवाको गोसाईंकुण्ड गाउँपालिका–६ धुन्चेबाट दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोसाईंकुण्ड गाउँपालिका – १ थुमनका ३७ वर्षीय निमा दोर्जे तामाङ रहेका छन्।

विशेष सुराकीको आधारमा ना १ ज ६१७६ को टाटा सुमोमा स्याफ्रुबाट काठमाडौं जादै गरेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताएका छन्।

प्रकाशित: २४ मंसिर २०७५ ०४:२४ सोमबार

सुन गोसाईंकुण्ड_गाउँपालि