समाज

फरार अभियुक्त पक्राउ गर्न प्रहरीले काठमाडाैंमा गाेली चलायाे

काठमाडाैं - डकैती मुद्दाका एक अभियुक्तलाई पक्राउ गर्न प्रहरीले काठमाडौंमा गोली चलाएको छ। काठमाडौं स्थित रातोपुल नजिक प्रहरीले डकैती मुद्दाका फरार अभियुक्त राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो।

पक्राउ गर्न खोज्दा लिम्बु भागेपछि गोली चलाउनु परेको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले जानकारी दिएको छ। लिम्बुमाथि प्रहरीले चार राउण्ड गोली चलाएको महाशाखाका एसएसपी धिरज सिंहले जानकारी दिए। उनको खुट्टामा गोली लागेको छ। वीर अस्पतालकाे ट्रमा सेन्टरमा उनकाे उपचार भैरहेकाे प्रहरीले बताएकाे छ। उनकाे साथबाट प्रहरीले पेस्ताेल समेत बरामद गरेकाे छ।

पक्राउ परेका लिम्बुले यसअघि समेत विभिन्न अपराधिक गतिबिधिमा ६ वर्षकाे जेल सजाय काटिसकेका छन्। पछिल्लाे पल्ट इटहरीमा भएकाे डकैती मुद्दामा दाेषि ठहर भएका उनलार्इ प्रहरीले लामो समयदेखि खोजि गरिरहेको थियो। 

 

प्रकाशित: २१ मंसिर २०७५ ०८:३७ शुक्रबार

डकैती गोली