समाज

भ्रष्टाचार अाराेप लागेका पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ

काठमाडौं - सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ।न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले विहिबार पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो। आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ।

विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो। विसं २०६१ साउन २९ गते अख्तियारले बोहरा विरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे।

प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले उनलार्इ दोषी ठहर गरेको थियो। बोहरा विसं २०४९ देखि विसं २०५३ सम्म प्रहरी महानिरीक्षक बनेका थिए।विशेषको फैसला विरुद्ध सर्वोच्च अदालतमा २०७० जेठ १९ गते पुनरावेदन गरिएको थियो। सोही मुद्दाको सुनुवाइपछि सर्वोच्च अदालतले विहिबार सफाइ दिएको हो। रासस

प्रकाशित: २० मंसिर २०७५ १५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App