समाज

पहिरो प्रभावितलाई सहयोग

बाजुरा- बडिमालिका नगरपालिका ४ रिलाका पहिरो प्रभावितलाई राहत सामाग्री सहयोग गरिएको छ। वडा कार्यालयसँगको सहकार्यमा सहयोगी हातहरुको समूह सहास नेपालले बलाङ्गकेट सहीत बालबालिकाका लागि स्वेटर तथा न्यानो लुगा सहयोग गरेको हो।

गएको भदौ १ गतेको पहिरो र बाढीका कारण विस्थापित बनेका, पशु चौपाया गुमाएका र भौतिक संरचनाको क्षती सहन बाध्य १ सय ७२ परिवारलाई राहत सामाग्री सहयोग गरिएको वडा अध्यक्ष सुरेन्द्र नाथले बताए। 

सहयोग स्वरुप हालसम्म वडामा १६ लाख बढीको सामाग्री आईसकेको नाथको भनाई छ। सहयोग सामाग्री वडा कार्यालयमै पुगेर जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडिमालिका नगरपालिका उपप्रमुख कविता विष्ट र सहास नेपालका प्रतिनिधिले हस्तान्त्रण गरेका थिए।

रिला बासी भदौ १ गतेको बाढी पहिरो पछि गएको असोजसम्म पाल टाँगेरै बसेका थिए। बर्खेबाली पुरै गुमाउनु परेको थियो भने घर छाना र १ दर्जन, पशु चौयापा पनि गुमाएका थिए। स्थानीयले सहयोगी निकायले दिएको सहयोग प्रति धन्यवाद दिएका छन्।

प्रकाशित: २० मंसिर २०७५ ११:४४ बिहीबार

पहिरो सहयोग पीडित