समाज

कमलपोखरीबाट अटोमेटिक पेस्तोलसहित एक पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीको विशेष टोलीले काठमाडौंको कमलपोखरीस्थित भोग रेष्टुरेण्टबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका ११ का शिशिर श्रेष्ठ रहेका छन्। उनलाई मेडइन यूएसए लेखेको अटोमेटिक ७.६२ लेखेको पेस्तोलसहित पक्राउ गरेको जानकारी सशस्त्र प्रहरी बलको मुख्यालयलाई गराइएको छ।

सशस्त्र मुख्यालयले भने यो विषयमा केही जानकारी गराएको छैन। सशस्त्र प्रहरी स्रोतका अनुसार सादा पोशाकमा रहेका प्रहरीले पेस्तोलसहित हिंडेको थाहपाएपछि श्रेष्ठलाई पक्राउ गरेको हो। पक्राउ पछि उनलाई थप अनुसन्धानका लागि नजिकको प्रहरी कार्यालयमा बुझाउने तयारी भैरहेको छ।

 

 

 

प्रकाशित: १८ मंसिर २०७५ १२:३७ मंगलबार

पेस्तोल पक्राउ