समाज

प्रहरीकै गाडीमा निर्मलाका पोष्टर !

काठमाडौं– निर्मलाका लागि न्याय माग्दै पोष्टर टाँस्ने अभियान चलि रहेकाे समयमा केही युवाले आज राजधानीको प्रदर्शनीमार्गमा ‘सरकार भेटियो न्याय भेटिएन’ नारा लेखिएका पोष्टर टाँस्ने तथा प्रदर्शन गर्ने कार्य गरेका छन्।

पोष्टर टाँस्न युवा भेला भएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। पोष्टरिङ तथा प्रदर्शन गरिएका युवालाई स्र्कटिङ गर्न प्रहरीले गाडिबाट ओलिएपछि प्रदर्शनकारीले प्रहरीकै भ्यानमा पोष्टर टाँसेका थिए। 

गत साउन ११ गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अपराधी पक्राउ गर्न सरकार असक्षम भएपछि नागरिक स्तरबाट दबाव दिने क्रम जारी छ। यसैक्रममा गतसाता देखि युवाहरुको स्वतन्त्र समूहले पोष्टर तथा स्टिकर टाँस्ने काम गर्दै आएका छन्। हिजो मात्रै लामो दुरीका बस तथा सवारीसाधनमा यस्तै पोष्टर टाँसिएका थिए। प्रदर्शनीमार्गकाे अाजकाे प्रदर्शन रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत विद्यार्थीले गरेका हुन्।

 

प्रदर्शन पोष्टर निर्मला_पन्त सरकार_भेटियो_न्याय_भेटिएन