समाज

मोटरसाइकल सहित नदीमा खस्दा एकको मृत्यु

पाल्पा – सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डबाट मोटरसाइकल सहित तिनाउँ नदीमा खसेका १ जनाको मृत्यु भएको छ। तिनाउँ गाउँपालिका–३, सिद्धबाबाको हेडबक्स नजिकैबाट लु३०प४१९३नम्बरको मोटरसाइकल सहित खसेका तानसेन नगरपालिका–९ मदनपोखराका ३७ वर्षीय गणेश रेग्मी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो।

बुटवलबाट मदनपोखरातर्फ आउँदै गर्दा बाटोमा हिँडिरहेको गाईलाई बचाउने क्रममा रेग्मी तिनाउ खोलामा खसेको बताइएको छ। उनको शव सडकदेखी एक सय मिटर तल खोलाको किनारबाट निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत भण्डारीले बताए।

प्रकाशित: १८ मंसिर २०७५ ०६:०३ मंगलबार

सिद्धार्थ_राजमार्ग मोटरसाइकल तिनाउँ_नदी