समाज

पीडितलाई राहत वितरण

पीडितलार्इ चेक हस्तानत्रण गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा। तस्बिर : बिष्णु/नागरिक

डोल्पा - डोल्पा जिल्लाका दैविक प्रकोप पीडितलाई सरकारको तर्फबाट राहत वितरण गरिएको छ। जिल्ला दैविक प्रकोप उद्धार तथा राहात कोषबाट आंशिक रुपमा क्षति पुगेका पीडितलाइ पाँच हजार र पूर्ण रुपमा क्षति भएका पीडितलाई दश हजारका दरले राहत वितरण गरिएकोे जिल्ला दैविक उद्धार कोषका अध्यक्ष प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए।

यसै आर्थिक बर्ष भित्रमा आगलागि, बाढी पहिरो तथा अन्य कारणबाट पीडित भएकाहरुकाे ५८ वटा निबेदनहरु जिल्ला प्रशासनमा राहतको लागि प्रमाणित भएको प्रजिअ थापाले जानकारी दिए। बर्षाको समयमा दैविक प्रकोपको बिपत्तीमा परेका घरपरिवारले भदौमा निबेदन दिए पनि थप बजेट मन्त्रालयबाट निकासा हुन केहि समय ढिला भएकोले राहत वितरणमा ढिला भएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

बर्षा र पहिरोले घर गुमाएका त्रिपूरा सुन्दरी नगरपालिका २ रसीका नामगाङ बैजि र वडा न ७ पाहाडाकी हिमाली खत्रिको पूर्ण क्षतिको दश हजार चेक हस्तान्तरण गरिएको छ। चेक बुझदै सरकारले थोरै भएपनि राहात दिएकोमा हिमालीले खुशी लागेकाे बताइन्।

दैविक प्रकोपबाट धेरै घरपरिवारले क्षति व्यहोर्नु परेको याे पहिलो बर्ष भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ। नायव सुब्बा धर्मराज शाहीका अनुसार ५८ वटाले राहत पाउने भएका छन् भने अन्य पीडितहरुले समेत प्रशासनमा निवेदन दर्ता गराइरहेका छन्।

 

प्रकाशित: १७ मंसिर २०७५ ०९:५० सोमबार

डोल्पा दैविक_प्रकोप_पीडित