समाज

१ लाख घुससहित गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख पक्राउ

पोखरा- पोखराको बुद्धचोकबाट साँझ ६ बजे १ लाख रुपैयाँ घुससहित  गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालय प्रमुख डा. तारानाथ पौडेल रंगेहात पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा पौडेललाई अख्तियारको टोलीले पक्राउ गरेको हो। अहिले थप अनुसन्धान भईरहेको अख्तियारको पोखरास्थित कार्यालयका प्रवक्ता रमेश ढकालले बताए।

पौडेलले लोकसेवा आयोगमा परीक्षा दिएका परिक्षार्थीलाई उत्तीर्ण गराईदिने भन्दै घुस लिएका थिए। पक्राउ परेका पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा निर्देशकको रुपमा कार्यरत थिए।

प्रकाशित: १६ मंसिर २०७५ १४:०१ आइतबार

पक्राउ स्वास्थ्य निर्देशनालय