समाज

नेपाल टेलिकमको सेवामा समस्या

काठमाडौं– नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको छ। 

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार राजधानीका केही स्थानमा अप्टिकल फाइबरमा समस्या आएकाले आइतबार दिउँसोबाट सेवामा अवरोध देखिएको हो। फोन गरे नलाग्ने तथा लागिहाले कुरा गर्दागर्दै काटिने  समस्या टेलिकमको मोबाइल सेवामा देखिएको छ। 

प्रवक्ता वैद्यले अप्टिकल फाइबरको मर्मत भइरहेको भन्दै छिट्टै सेवा सूचारु हुने बताइन।

प्रकाशित: १६ मंसिर २०७५ ११:३४ आइतबार

नेपाल_टेलिकम सेवा_अवरूद्ध