समाज

हत्यारा पक्राउकाे माग गर्दै ताप्लेजुङमा नेकपाको र्‍याली

तस्बिर : नागरिक

ताप्लेजुङ – निर्मला पन्त हत्या काण्डका दोषीलाई पक्राउ र सार्वजनिक गर्न माग गर्दै नेत्रबिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा र्‍याली तथा कोणसभा गरेको छ।

लामो समय सम्म निर्मला हत्या काण्डका दोषी फेला नपरेको भन्दै उसले सरकारको राजीनामाको माग गरेको छ। नगर परिक्रमा पछि आयोजित कोणसभालाई सो पार्टीका नेताहरु सकल र बिजय सहितका नेताहरुले सम्बोधन गरेका थिए।

प्रकाशित: १६ मंसिर २०७५ ०८:१३ आइतबार

निर्मला_पन्त ताप्लेजुङ नेकपा र्‍याली