समाज

बस दुर्घटनामा दुईको मृत्यु, ५० घाइते

सुर्खेत– वीरेन्द्रनगर–१४ को कटकुवाबाट वनभोज खाएर फर्किने क्रममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्। घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लेकवेशी नगरपालिका–८ कुइनेपानीको जनजागृति युवा क्लवबाट पिकनिक खाएर फर्कने क्रममा शनिबार बेलुका साढे पाँच बजे वीरेन्द्रनगरको कपासेमा भे१ख ८४९ नम्वरको बस दुर्घटना भएको थियो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार दुर्घटनामा लेकवेशी–८ कुइनेपानीकी ४० वर्षीया जानकी दर्लामी र २२ वर्षीया देउमाया बनटाकीको मृत्यु भएको हो। प्रहरीका अनुसार लेकवेशी–८ का सागर दर्लामी, दिलबहादुर मन्दीर, लालबहादुर अन्डाकी, टोपबहादुर दर्लामी, वीरबहादुर सोमै, अर्चन भूषाल, वीरबहादुर सिजाली, मनिसरा भूषाल, रमा नेपालीसहित १२ जना गम्भीर घाइते भएका छन्। 

प्रकाशित: १५ मंसिर २०७५ १५:१४ शनिबार

बस_दुर्घटना