समाज

एसइई परीक्षा चैत १० गते देखि

काठमाडाैं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा आगामी चैत १० गतेदेखि सञ्चालन गर्ने भएको छ। बोर्डले विहिबार एसइई परीक्षाको तालिका समेत सार्वजनिक गरेकाे छ। परीक्षा चैत २१ गते सम्म सञ्चालन हुनेछ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाकाे पहिलाे दिन अर्थात चैत १० गते अनिवार्य अङ्ग्रेजी, ११ गते अनिवार्य नेपाली, १३ गते अनिवार्य गणित, १४ गते अनिवार्य विज्ञान, १५ गते अनिवार्य सामाजिक, १६ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, १७ गते ऐच्छिक प्रथमपत्र,१८ गते ऐच्छिक द्वितीयपत्रका सबै विषय, १९, २० र २१ गते प्राविधिकतर्फका बाँकी विषयको परीक्षा सञ्चालन हुने बोर्डले जानकारी दिएकाे छ। 

प्रकाशित: १३ मंसिर २०७५ १६:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App